Saturday, April 26, 2025
15.1 C
New York
Saturday, April 26, 2025

            Sidha Kura Janata Sanga Nepal

spot_img

बालेनको पोस्ट फेसबुकले किन हटायो? जान्नुहोस् फेसबुकले हटायो

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को फेसबुक पोस्ट हटाइएको छ। आइतबार बालेनको आधिकारिक फेसबुक पेजमा पोस्ट भएको “प्रदेश सांसद रेखाकुमारी शर्मालाई कारबाही गरिनुपर्ने” आशयको पोस्ट फेसबुकले हटाएको हो।

बालेन सचिवालयका अनुसार, अत्यधिक रिपोर्ट आएपछि फेसबुकले उक्त पोस्ट हटाएको हो। “धेरैले फोटो प्रयोग गरेको भनेर रिपोर्ट गरेपछि फेसबुकले पोस्ट हटाएको जस्तो देखिन्छ,” सचिवालय स्रोतले भन्यो, “अहिले हामी पोस्ट रिकभर गर्ने प्रयास गरिरहेका छौं।” पछिल्लो समय, फेसबुकले अरूको फोटो प्रयोग भएका पोस्टहरू हटाइदिने गरेको सामाजिक सञ्जाल अनुसन्धानकर्ताले सौगात पोखरेलले बताए। “फेसबुकले अहिले कपिराइट इस्युलाई बढी प्राथमिकता दिइरहेको छ,” उनले भने, “फोटोमा कपिराइटको रिपोर्ट गर्दा फेसबुकले तत्कालै हटाइदिने गरेको देखिन्छ।”

यसअघि पनि फेसबुकले बालेनका केही पोस्ट हटाइदिएको थियो।

ठूला पेज, विशेषगरी सञ्चारमाध्यमका समाचारमा पनि, फोटोकै कपिराइटलाई लिएर पोस्ट हट्ने क्रम बढेको उनले सुनाए। “धेरैलाई कुनै मिडियाले फेसबुक पेजबाट किन समाचार हटाएको होला भन्ने लाग्न सक्छ,” उनले भने, “त्यो मिडियाले नभई फेसबुकले नै हटाउने गरेको छ। त्यही समाचार सम्बन्धित मिडियाको वेबसाइटमा खोज्ने हो भने भेटिन्छ।”

यस्तो छ बालेन शाहको घर

सर्पले टोकेपछि गर्न नहुने ४ गल्ती (भिडिओ)

सर्पदंश (सर्पको टोकाइ) भएको मानिसलाई सबैभन्दा पहिला अस्पताल लैजानुपर्छ। सर्पले टोकेपछि घरमै राखेर आराम गराउने काम गर्नु हुँदैन। हाम्रो देशमा पाइने सर्प गोमन, करेत लगायतले डसेर (टोकेर) विष हालेपछि...

spot_img
50,000FansLike
50,000FollowersFollow
50,000SubscribersSubscribe
- Advertisement -spot_img