Saturday, April 26, 2025
16.1 C
New York
Saturday, April 26, 2025

            Sidha Kura Janata Sanga Nepal

spot_img

नेपाली युवती महालक्ष्मी लाई भारतमा ४० टुक्रा बनाई कसले राख्यो फ्रिजमा ?

भारतको बेङ्‌लुरुमा एक जना नेपाली युवती महालक्ष्मी  को क्रूर हत्या भएको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतको बेङ्‌लुरुस्थित एक भाडाको कोठामा नेपाली युवती महालक्ष्मी को शव ३० देखि ४० टुक्रा पारिएको अवस्थामा फेला परेको छ ।निकै अमानवीय र क्रूर ढंगले महालक्ष्मीको हत्या भएको घटना विवरणहरूले देखाएका छन् ।

भारतीय सञ्चारमाध्यहरूका अनुसार बेङ्‌लुरुको तीनतले भवनको एक कोठामा रहेको फ्रिजमा १९ दिनसम्म एक २९ वर्षीया युवतीको शव ३० देखि ४० टुक्रा पारेर राखिएको प्रहरीले फेला पारेको छ । सो कोठाबाट गन्ध आउन थालेपछि घरमालिकले प्रहरी र युवतीकी आमालाई खबर गरेका थिए । त्यसपछि घटनास्थलमा पुगेको प्रहरी क्राइम सिन देखेर अत्तालियो । किनकि प्रहरीले यसअघि यस्तो क्राइम सिन देखेकै थिएन ।

प्रहरी पहिलोपटकमा कोठामा प्रवेश नै गर्न सकेन । किनकि गन्ध निकै आइरहेको थियो । डब्बल मास्क लगाएर कोठामा पुगेको प्रहरीले फ्रिज र फ्रिजबाहिर शवका टुक्राहरू देख्यो । र, उसले फरेन्सिकको टोलीलाई बोलायो । तर, फरेन्सिकको टोलीले पनि शव संकलन गर्न नसकी अस्पतालको मुर्दाघरका कर्मचारीलाई बोलाएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

प्रहरीका अनुसार यो हत्या कसले किन गराएको हो भन्ने खुलेको छैन । तर, प्रहरीले शंकास्पद व्यक्तिलाई भने पछ्याइरहेको छ । समाचारअनुसार महालक्ष्मीको बिहे हेमन्त दाससँग भएको थियो । तर, उनीहरूबीच झगडा भएकाले महालक्ष्मी विगत नौ महिनादेखि श्रीमान्‌बाट अलग्गै बस्दै आएको खुलेको छ । जुन कोठामा उनको हत्या भयो, त्यहाँ उनी विगत ६ महिनादेखि बस्दै आएको खुलेको छ ।

नेपालबाट गएको यो परिवारले बेङ्‌लुरुमा काम गरिरहेको थियो । हेमन्त र महालक्ष्मी दुवैले त्यहाँ छुट्टाछुट्टै स्थानमा काम गर्थे । तर, जब हेमन्तले महालक्ष्मीमाथि परपुरुषसँग लागेको शंका गर्न थाले, त्यसपछि उनीहरूबीच झगडा पर्न थाल्यो । समाचारअनुसार महालक्ष्मी भारतीय युवक असरफसँग लसपसमा रहेको हेमन्तको आशंका थियो ।

महालक्ष्मीको हत्यापछि प्रहरीले हेमन्त र असरफसँग पनि बयान लिएको छ । तर, उनीहरूको बयानबाट हत्यामा उनीहरूको संलग्नताबारे कुनै क्लु नभेटिएको जनाइएको छ । बरु महालक्ष्मीलाई एक अज्ञात व्यक्तिले हरेक दिन मोटरसाइकलमा कोठासम्म पुर्‍याउने गरेको खुलेको छ । प्रहरीले हत्याको सुई सोही अज्ञात व्यक्तितर्फ घुमेको संकेत गरेको छ । तर, हालसम्म ती व्यक्ति को हुन् भन्ने पत्ता लगाउन सकेको छैन । यद्यपि कल डिटेल्स र फोन ट्र्याकिङअनुसार हत्या भएको दिनपछि सो व्यक्ति बेङ्‌लुरुबाट पश्चिम बंगाल पुगेको पत्ता लगाएको छ ।

यस्तो छ बालेन शाहको घर

सर्पले टोकेपछि गर्न नहुने ४ गल्ती (भिडिओ)

सर्पदंश (सर्पको टोकाइ) भएको मानिसलाई सबैभन्दा पहिला अस्पताल लैजानुपर्छ। सर्पले टोकेपछि घरमै राखेर आराम गराउने काम गर्नु हुँदैन। हाम्रो देशमा पाइने सर्प गोमन, करेत लगायतले डसेर (टोकेर) विष हालेपछि...

spot_img
50,000FansLike
50,000FollowersFollow
50,000SubscribersSubscribe
- Advertisement -spot_img