Wednesday, April 30, 2025
19.4 C
New York
Wednesday, April 30, 2025

            Sidha Kura Janata Sanga Nepal

spot_img

‘१२ गाउँ’ले एक सातामा कति कमायो ?

काठमाडौं । चलचित्र ‘१२ गाउँ’को एक साताको बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ । फिल्मले पहिलो सातामा १० करोड ५ लाख कमाइ गरेको वितरक गोविन्द शाहीले जानकारी दिए ।

त्यसपछिको कलेक्सन भने केही दिन पछि सार्वजनिक हुनेछ । फिल्मले देशभर राम्रो शो पाइरहेको छ ।छक्कापञ्जा ५ भन्दा धेरै शो पाइरहेको ‘१२ गाउँ’ कमाइमा पनि अगाडि रहेको छ । फूलपातीका दिन नै रिलिज भएको अर्को चलचित्र ‘छक्का पञ्जा–५’ले एक हप्तामा १० करोड रुपैयाँ ग्रसकलेक्सन भएको बताएको थियो ।

‘१२ गाउँ’ विराज भट्टले निर्देशन गरेको चलचित्र हो । समीरसँगै दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले यो चलचित्रबाट डेब्यू गरेका छन् ।

विराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाले चलचित्रमा अभिनय गरेका छन् ।

यस्तो छ बालेन शाहको घर

सर्पले टोकेपछि गर्न नहुने ४ गल्ती (भिडिओ)

सर्पदंश (सर्पको टोकाइ) भएको मानिसलाई सबैभन्दा पहिला अस्पताल लैजानुपर्छ। सर्पले टोकेपछि घरमै राखेर आराम गराउने काम गर्नु हुँदैन। हाम्रो देशमा पाइने सर्प गोमन, करेत लगायतले डसेर (टोकेर) विष हालेपछि...

spot_img
50,000FansLike
50,000FollowersFollow
50,000SubscribersSubscribe
- Advertisement -spot_img