Wednesday, April 30, 2025
19.4 C
New York
Wednesday, April 30, 2025

            Sidha Kura Janata Sanga Nepal

spot_img

रवि लामिछाने लाई पोखरा हिरासतबाट बुटवल लैजाने तयारी, किन लगिदै छ बुटवल ?

काठमाडौँ | सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लाई कास्की प्रहरीको हिरासतबाट बुटवल लैजाने तयारी गरिएको छ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको ठगी आरोपमा रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई थप अनुसन्धानका लागि बुटवल पुर्याउन लागिएको हो। कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतले कात्तिक ८ गते पक्राउ पुर्जी जारी गरेको थियो।

सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट संकलित १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा हिनामिना भएको आरोपमा किटानी जाहेरी परेपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो। यो रकम लामिछानेको हस्ताक्षरमा खर्च गरिएको आरोप छ। संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख रुपैयाँ लामिछानेको नाममा, २ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा, र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रहेका लामिछानेसहित उपाध्यक्ष छविलाल बञ्जाडेलाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको थियो। यसअघि छविलाई रुपन्देहीमा लगेर १३ घण्टासम्म बयान लिएर पुनः पोखरा पठाइएको थियो भने लामिछानेलाई अब बुटवल ल्याउने तयारी गरिएको प्रहरी स्रोतले जनाएको छ।

लामिछाने कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका थिए र त्यसयता कास्की प्रहरीको हिरासतमा छन्। कास्कीमा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेका बेला लामिछानेलाई बुटवल लैजाने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रन्जितसिंह राठौरका अनुसार लामिछानेलाई आजै नभए भोलि बिहान विमानमार्ग हुँदै भैरहवा ल्याइने तयारी छ।

यस्तो छ बालेन शाहको घर

सर्पले टोकेपछि गर्न नहुने ४ गल्ती (भिडिओ)

सर्पदंश (सर्पको टोकाइ) भएको मानिसलाई सबैभन्दा पहिला अस्पताल लैजानुपर्छ। सर्पले टोकेपछि घरमै राखेर आराम गराउने काम गर्नु हुँदैन। हाम्रो देशमा पाइने सर्प गोमन, करेत लगायतले डसेर (टोकेर) विष हालेपछि...

spot_img
50,000FansLike
50,000FollowersFollow
50,000SubscribersSubscribe
- Advertisement -spot_img