Tuesday, March 3, 2026
0.8 C
New York
Tuesday, March 3, 2026

            Sidha Kura Janata Sanga Nepal

spot_img

कारबाही गरेर देखाउन भीम रावलले दिए एमालेलाई चुनौती

नेकपा (एमाले) का नेता भीम रावलले आफूमाथि कारबाही गरेर देखाउन चुनौती दिएका छन्।

अछाममा मंगलबार भएको पत्रकार सम्मेलनमा बोल्दै रावलले आफूलाई कारबाही गरेर देखाउन एमालेलाई चुनौती दिएका हुन्।

देश, जनता र पार्टीले लिएको नीतिका पक्षमा आफू दृढतापूर्वक खडा भएको रावलले बताए। ‘देश र जनताको पक्षमा लाग्दा आउन सक्ने व्यवधानका विषयमा म जानकार छु,’ उनले भने।

पार्टीले कारबाहीको तयारी गरिरहेको छ भन्ने सुनिन्छ भन्ने प्रश्नमा जबाफ दिएका रावलले भने, ‘पार्टी सिद्धान्तलाई जोगाउनुपर्छ। विधि विधान अनुसार पार्टी चल्नुपर्छ भन्ने मत राखेकै कारण आफूलाई कारबाही गरिन्छ भने त्यो गरेर देखाउन चुनौती दिन्छु।’

उनले आफू एकीकृत समाजवादीमा जाँदैछ भनेर कारबाही गर्न खोजिएको पनि बताए। तर आफू एकीकृत समाजवादीमा नजाने पनि उनको भनाइ छ।

यस्तो छ बालेन शाहको घर

सर्पले टोकेपछि गर्न नहुने ४ गल्ती (भिडिओ)

सर्पदंश (सर्पको टोकाइ) भएको मानिसलाई सबैभन्दा पहिला अस्पताल लैजानुपर्छ। सर्पले टोकेपछि घरमै राखेर आराम गराउने काम गर्नु हुँदैन। हाम्रो देशमा पाइने सर्प गोमन, करेत लगायतले डसेर (टोकेर) विष हालेपछि...

spot_img
50,000FansLike
50,000FollowersFollow
50,000SubscribersSubscribe
- Advertisement -spot_img